चैत १३, काठमाण्डौ । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडालाई नै स्थायी राजधानी बनाउने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले अस्थायी राजधानी हेटौडालाई नै स्थायी राजधानी बनाउने बताएका हुन् ।
यद्यपी उनले कुरा गर्दै जाँदा संवैधानिक व्यवस्थाअनुसार राजधानी तोकिने बताए ।
विधि र प्रक्रियाअनुसार अगाडि बढेर हेटौँडालाई स्थायी राजधानी बनाइने उनले बताए । असारमसान्तभित्र सबै प्रक्रिया पूरा गरेर स्थायी राजधानी तोकिने पौडेलको दाबी छ ।
अहिले तत्काल नीति, कार्यक्रम र बजट निर्माणमा प्रदेश सरकार व्यस्त भएको उनको भनाई छ ।
जनताले छिटो छरितो कामको अपेक्षा गरेको रआफू ति अपेक्षा पूरा गर्न सक्नेमा विश्वस्त रहेको बताएका छन् ।
मुख्यमन्त्री पौडेलले समस्या धेरै भएको र आफ समस्याको समाधान गर्नका लागि नै मुख्यमन्त्री बनेको बताए ।