धनराज वास्तविकः काठमाडौं, १३ चैत । सस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री रवीन्द्र अधिकारीले संस्कृतिमा भित्रिएको विकृतिलाई निरुत्साहित पार्न बलियो सेन्सरको आवश्यकता रहेको बताएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना मंगगलबार देखि शूरु भएको खुल्ला अर्ना दोहोरी गीत प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन ।
उनले भने,‘नेपाली मौलिक संस्कृतिको जर्गेना गर्नको लागि प्रतिष्ठानसँग मिलेर काम गर्न तयार छु, गीत संगीतलाई मौलिक बनाउनुहोस्, जन जीवनका दृश्यहरु गीतमा देख्न र हेर्न मिल्ने बनाउनु पर्छ, छाडा गीत संगीतको खुलेर बिरोध गर्नुस्, आफैलाई लाज लाग्ने गीतहरुलाई रोक्नुपर्छ, दुनियाँमा सबैले आफ्नो संस्कार बनाउन कति दुःख गरेका हुन्छन् हामीले नसक्ने हुन्छ ? अब यस क्षेत्रको संरक्षण सम्वद्र्धन र विकृतिको अन्त्य गर्नको लागि गतिलो सेन्सरको स्थापना गर्ने गृहकार्यमा जुटाँ, लोक दोहोरी मात्रै गीत होईन म सबैको गीतलाई माया गर्छु, कसैले रवीन्द्र अधिकारी दोहोरी गीतको मान्छे हो भन्नु हुन्छ वास्तवमा त्यसो होईन।’
उनले अघि थपे,‘मन परेको काम गर्न कुनै गाह्रो हुँदैन, रमाईलो जिन्दगी ज्यूनको लागि लोक संस्कृतिको छायाँमा पुग्नुपर्छ, पहिले पहिले लोक गीतलाई पंचहरुको गीत भन्थ्ये हामीले नै वहुदलको, नेपाल र नेपालीको साझा गीत बनाएका हौ, अबका दिनमा यसको रक्षा गर्नको लागि काम गर्नुपर्छ ।’
मन्त्री अधिकारीले प्रतिष्ठानको जमिनको लागि प्रयास गर्ने र घर बनाउनको लागि आफूलाई सदस्य बनाउन समेत आग्रह गरेका छन् ।
उनले भने,‘म जिम्मेवार निकायमा आएको छु, धेरै दुःख गरेर कानूनमै रचनालाई बौद्धिक सम्पतिको रुपमा स्थापना गरेका छौँ, अब त्यसलाई ब्यबहारमा उर्तान तिर लाग्नुपर्छ, बाआमाले कमाएको घर जमिन कुनै सम्पति होईन, खासमा प्रतिभा नै सबैभन्दा महोत्वपूर्ण सम्पति हो, सबै भन्दा सन्देश मुलुक र सबै भन्दा क्षमतावान विधा भनेकै लोक गीत हो, यसको विकास र संरक्षणको लागि यस भन्दा पहिले पनि साथ दिएकै हुँ, अबका दिनमा गीत संगीतसँग नजिक रहेर काम गर्ने संघ सस्थाहरुको साथ सहयोगमा नेपालको सस्कृतिको रक्षा र मौलिक बनाउनको लागि निरन्तर लाग्नेछु।’
उनले भने,‘लोक तथा दोहोरी गीत झ्वाक तन्नेरी भयो तर राज्यले कुनै उचित किसिमको व्यवस्था गरेन गीत संगीत क्षेत्रकै व्यक्ति आजको दिनमा मन्त्री बन्नु भएको छ, अबका दिनहरुमा लोक गीतको जर्गेना गर्न र गल्ती गर्नेहरुलाई कारबाहि गर्नको लागि उचित निकायको स्थापना हुनेछ, राज्यको सामुन्नेमा दुई प्रकारका गीतहरु छन्, एउटा बचाउनु पर्ने अर्को हटाउनु पर्ने वा कानूनी रुपमा उपचार गर्नु पर्ने, यी गीतहरुको बारेमा रवीन्द्र अधिकारी ज्यूले राम्ररी बुझ्नु भएको छ, हामीले पनि यहि आशा गरेका छौँ।’
प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा पदाधिकारी, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ‘हामी सबैको रहर, प्रतिष्ठानको आफ्नै घर’ भन्ने मुलनाराको साथ शूरु भएको उक्त प्रतियोगीता चैत १७ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
तस्बिर-धनराज वास्तविक