Logo

आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रको साझेदारी



काठमाडौँ, १५ चैत  : उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा राजनीतिक स्थायित्वसँगै स्थायी सरकार बनेकाले कानून र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानीमैत्री वातावरण निर्माण भइरहेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसँग आज भएको सामूहिक भेटमा उहाँले सरकार र निजीक्षेत्रबीचको सहकार्य तथा साझेदारीबाटै मुलुक आर्थिक उन्नयनको मार्गमा अग्रसर हुने बताउनुभयो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकको आर्थिक विकास र लगानी प्रवद्र्धनलाई केन्द्रमा राखेर परिसंघले आफ्ना गतिविधि सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले परिसंघले तयार पारेको आर्थिक समृद्धिको मार्गचित्र पनि उपराष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्