काठमाडौं, १६ चैत्र । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैशाख महिनाभित्र काठमाडौं उपत्यकाको सडकलाई व्यवस्थित बनाउने घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘समाजवादका लागि भौतिक पूर्वाधार’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री महासेठले काठमाडौंका सडकलाई आफूले छिट्टै व्यवस्थित् बनाउने बताएका हुन् ।
उनले भने, ‘निर्माण क्षेत्रमा देखिएको विकृति र विसंगतिलाई पनि वैशाख महिनाभित्रै समाप्त पार्ने लक्ष्य छ।’ मन्त्री महासेठले यात्रुको चाप रहेको काठमाडौंको मुख्य–मुख्य स्थानमा तत्काल सडकको उचित व्यवस्थापन गर्न निर्देशन दिइएको पनि स्मरण गराएका छन् ।