काठमाडौं १७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जिपको दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताइन् ।
उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को उद्घाटनमा राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु सुखद भएको बताउँदै संग्रहालयको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले राज्यस्तरबाटै यसको संरक्षण र प्रवद्र्धनको अपेक्षा आफूले गरेको स्पष्ट गरिन् । उनी मदन भण्डारीकी श्रीमतिसमेत हुन् । संग्रहालयले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने बताउँदै राष्ट्रपति भण्डारीले संग्रहालय वरिपरिको वातावरण पनि दर्शकमैत्री बनाउन आवश्यक रहेकामा जोड दिइन् ।
‘मदन भण्डारी संग्रहालय विद्वानका लागि एउटा स्रोतस्थल र सर्वसाधारणका लागि खुला पाठशाला हुनेछ’, राष्ट्रपति भण्डारीले भनिन्,‘यसको संरक्षण र सम्वद्र्धन गर्दै यसलाई सिंगो समाजको सामाजिक सम्पत्तिका रुपमा विकास गरिनुपर्छ । संग्रहालयमा संरक्षित वस्तुहरु मासिन र बिग्रन नदिन आवश्यक प्रबन्ध मिलाउनुपर्छ, यसका लागि रेखदेख र सञ्चालनमा संलग्न जनशक्तिलाई यथोचित तालीम दिनुपर्छ ।’
संग्रहालयमा भण्डारी जन्मेदेखि दासढुंगा दुर्घटनासम्मका सामग्री राखिएको छ । तीन करोडको लागतमा निर्मित संग्रहालय यही चैत १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिनेछ । नयाँपत्रिका दैनिक