कालीकोट, १७ चैत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली कालीगढविनाको डल्लो भएकाले अब कालीगढ जन्माएर विकास गरिने बताए ।
रारा महोत्सव तथा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा जाने क्रममा शुक्रबार यहाँ आइपुग्नुभएका मन्त्री भण्डारीले कर्णालीमा गरीब भएर जन्मनु अपराध नभई पढ्नका लागि शुल्क तिर्न नसक्नु र भोकमरीले मर्नु अपराध भएको बताए ।
कर्णालीको विकासका लागि आफूहरुले २०७५ साललाई पर्यटन वर्ष मनाउने बताउँदै उनले भने,ं कर्णालीका प्राकृतिक सम्पदा, कालीकोटको पचालझरना, मुगुको रारा ताल र डोल्पाको शेफोक्सुण्डो तालको प्रवद्र्धन गर्नुपर्छ ।”
अर्को प्रसंगमा उहाँले कर्णालीको सिंजाबाट खस भाषाको उत्पत्ति भएकाले बाहिरिएका कर्णालीका खस र आर्यलाई पुख्र्यौली जन्मथलो फर्कन अनुरोध समेत गरे ।
कालीकोटको पर्यटकीय क्षेत्रको विकासका लागि खांँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले ज्ञापनपत्र बुझाउँदै पचालझरनाको प्रचारका लागि काम गर्न आग्रह गरे । रासस