काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद ‘म्याडम १० पर्सेन्ट’का श्रीमानहरुको हल्ला मात्र भएको भन्दै व्यंग्य कसेका छन् ।
रिपोर्टर्स क्लब नेपालको २०औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु वक्तृत्वकलाबाट नभई संघर्षबाट तनानाशाहीलाई पराजित गरेर आएको भन्दै लोकतन्त्र आफ्नो आर्दश भएको बताए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्र ल्यायौं भन्नेहरुले नै चिलीलाई तानाशाहीमा लगेको र गरिब बनाएको स्मरण गराए । उनले भने, ‘लोकतन्त्र निमोठ्दा कम्युनिष्टको हाउगुजी देखाइयो ।’
‘सुकर्णको हत्या गरेर सुहार्थुले ३२ वर्ष शासन गर्दा वामपन्थीले तानाशाही लाउँछ भनियो, पछि हामीले थाहा पायौं शासकका श्रीमतीको नाम ‘म्याडम १० पर्सेन्ट थियो । उद्योग खोल्दा पहिले १० पर्सेन्ट बुझाउनु पर्ने, १० पर्सेन्ट शेयर दिनु पर्ने, यहाँ पनि ‘म्याडम १० पर्सेन्ट’का श्रीमानहरुको हल्ला हो अधिनायकवाद ल्याउँछन् भन्ने ।’
कुनै पार्टीप्रति पनि संकेत गर्न नचाहेको भन्दै प्रधानमन्त्री ओलीले धनी हुन पाउने तर, कोही पनि खान नपाएर मर्नु पर्दैन भन्दा कसैको मन भतभती पाल्ने गरेको बताए । सरकारले शुक्रबार ल्याएको श्वेतपत्रले अर्थतन्त्र अत्यन्त नाजुक रहेको तर, कोही पनि भोक र शतलहरीले मर्नु नपर्ने बताए । उनले अघि भने, ‘अब एउटा कम्बल ओड्न नपाएर शितलहरले तडि्पएर कोही पनि मर्दैन, सरकार छ यहाँ ।’