Logo

कांग्रेसको आकस्मिक बैठक, खडकाको निधनप्रति शोक प्रस्ताव पारित



काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतवार बसेको आकस्मिक बैठकले नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथां पूर्व मन्त्री खुमबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव र निर्णय पारित गरेको छ ।

आज विहान बसेको ार्यसमितिको बैठकले खड्काप्रति उच्च सम्मान प्रकट गर्दै चैत्र १८, १९, २०, २१ र २२ गते पाँच दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेश स्थित जनसम्पर्क समितिका कार्यालयहरु बन्द गर्ने तथा शोक(श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने गरेको छ ।

साथै बैठकले ७ (सात) दिनसम्म केन्द्र लगायत पार्टी मातहतका सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ । पार्टीले नेता खड्काको स्वर्गारोहणको १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने जनाएको छ ।

खड्काको चैत्र १६ गते साँझ ५स् १५ बजे नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

बी.पी. कोइरालाको प्रेरणाबाट विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील नेता खड्काले बी.पी. कोइरालासँगै लामो समय भारतमा निर्वा्सित जीवन बिताएका थिए ।



प्रतिक्रिया दिनुहोस्