चैत २०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले गृहमन्त्री रामबहादुर थापाको राजिनामा मागेका छन् ।
गृहमन्त्री आफैँले एयरपोर्टबाट टनका टन सुन तस्कर भइरहको बताउनु गैर जिम्मेवारीपन भएको भन्दै गुरुङले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताएका हुन् ।
सामाजिक संजाल टुइटरमा टुइट गर्दै नेता गुरुङले सुन तस्करी भइरहेको देख्ने तर रोक्न नसक्ने गृहमन्त्रीले राजिनामा दिनुपर्ने उल्लेख गरेका छन् ।
२०४८ सालमा तत्कालीन कृषि मन्त्री शैलजा आचार्यले “कृषि मन्त्रालयमा भ्रष्टाचार छ“ भन्दा नैतिकताको आधारमा राजिनामा दिएको स्मरण गराउँदै गुरुङले गृहमन्त्री थापामाथि नैतिकताको प्रश्न गरेका छन् ।
गुरुङको टुइट यस्तो छ :
२०४८ सालमा तत्कालीन कृषि मन्त्री शैलजा आचार्यले “कृषि मन्त्रालयमा भ्रष्टाचार छ“ भन्दा नैतिकताको आधारमा राजिनामा दिएका थिए। तर आज एयरपोर्टबाट टनका टन सुन तस्करी भइरहेको देख्ने तर नरोक्ने गृह मन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनु पर्दैन? नैतिकता हराएको मेरो देश ।
२०४८ सालमा तत्कालीन कृषि मन्त्री शैलजा अाचार्यले "कृषि मन्त्रालयमा भ्रष्टाचार छ" भन्दा नैतिकताको अाधारमा राजिनामा दिएका थिए। तर अाज एयरपोर्टबाट टनका टन सुन तस्करी भइरहेको देख्ने तर नरोक्ने गृह मन्त्रीले नैतिकताको अाधारमा राजिनामा दिनु पर्दैन? नैतिकता हराएको मेरो देश।
— Dhan Raj Gurung (@dhanrgrg) April 3, 2018
गृहमन्त्री रामबहादुर थापाले सोमबार ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा मन्त्री थापाले एयरपोर्टबाट टनका टन सुन तस्करी हुने गरेको बताएका थिए ।