काठमाडौं, २२ चैत्र राष्ट्रियसभाको औचित्य पुष्टी हुनेगरी काम गर्नुपर्ने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ ।
बिहीबार राष्ट्रियसभा अभ्यास र अनुभवबारे सभाका सदस्यबीच भएको अन्तक्र्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष तिमिल्सिनाले सभालाई परिपक्क ढंगले अभ्यास गर्दै औचित्य पुष्टी गर्ने दायित्व ५९ जनाको काँधमा आएको बताउनुभएको हो ।
‘केही समयपछि गठन भएको राष्ट्रियसभाको औचित्य र भूमिकाबारे बाहिर प्रश्न उठ्ने गरेको छ,’ उहाँले भन्नुभयो, ‘यसको औचित्य पुष्टीहुनेगरी काम गरेर देखाउनुपर्छ ।’
नयाँ संविधानको व्यवस्थाअनुसार गठित संघीय संसदका दुई सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको अभ्यास बारे अन्तर्राष्ट्रिय अनुभवबाट हामीले सिक्नुपर्ने उहाँले धारणा राख्नुभयो । ‘बहुदलपछि राष्ट्रियसभा गठन भयो । तर, त्यो संवैधानिक राजतन्त्रअन्तर्गत थियो । त्यसपछि लामो समय एक सदनात्मक व्यवस्था रहयो,’ उहाँले भन्नुभयो, ‘हामी अहिले नयाँ अभ्यासमा छौं । त्यसैले बेलायत लगायतका देशको अनुभव सिक्नका लागि यो अन्तक्र्रिया आयोजना गरिएको हो ।’
तिमिल्सिनाले स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकाले उनीहरूको आवाज बनेर काम गर्ने दायित्व आफूहरूको भएको बताउनुभयो । ‘हामी सात ओटैं प्रदेश समान संख्यामा प्रतिनिधित्व गर्दै यहाँ आएका छौं । त्यसैले केही फरक र राम्रो काम गरेर देखाउनुपर्छ,’ उहाँल भन्नुभयो, ‘अरुलाई पनि राष्ट्रियसभामा आउँ आउँ लाग्ने बनाउनुपर्छ ।’
न्तक्र्रियामा पूर्व सांसद तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले राष्ट्रियसभा स्थायी सदन र कानुन निमार्णमा जोड दिने भएकाले सोही यसको औचित्य पृथक रहेको बताउनुभायो । आफ्नो प्रस्तुतिकरणका क्रममा उहाँले राष्ट्रियसभा सरकार बनाउने र ढलाउने खेलमा लाग्नुनपर्ने भएकाले यसले एक लयमा काम गर्नसक्ने धारणा राख्नुभयो । देवकोटाले प्रतिनिधिसभाको काम जाँच्ने र सरकारको कामको अनुगमन गर्ने पनि राष्ट्रियसभाको दायित्वभित्र पर्ने बताउनुभयो ।
राष्ट्रियसभाले पनि प्रिबजेट छलफल गर्नु उपयुक्त हुन्छ । बजेट बाँडफाँडमा समन्यायीक वितरण भयो कि भएन भन्ने राष्ट्रियसभाले हेर्न सक्छ,’ उहाँले भन्नुभयो, ‘जनसरोकारका विषय उठाएर संसदलाई जनताको प्रतिनिधित्व हुने थलेको हो भन्ने महशुस गराउनुपर्छ ।’ देवकोटाले तीन तहका सरकार अर्थात संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र विवाद समधान गर्ने जिम्वेवारी राष्ट्रियसभाको हुनुपर्ने बताउनुभयो । संसदको कानुन बनाउने प्रक्रिया समेत अन्तरक्र्रियामा जानकारी गराउनुभएको थियो ।
त्यसैगरी अन्तक्र्रियामा बेलायतको वेस्ट मिनिस्टर संसदको तर्फबाट इयान गीलले बेलयतको संसदीय अभ्यास, राजनीतिको अनुभव सुनाउनु भएको थियो । उहाँले राजनीतिक दल र संसदको भूमिका तथा प्रजातन्त्रको महत्व र चुनौति बारे प्रकाश पार्नुभएको थियो । उनले नेपाल बेलायत लगायत विकसित तथा प्रजातान्त्रिक राष्ट्रमाभन्दा समावेसीकरणमा अगाडि देखिएको बताउनुभयो ।
उहाँले भूगोल, महिला, अल्पसंख्यक, दलित तथा अशक्तको पनि संसदमा प्रतिनिधित्व हुनु निकै प्रशंसनीय भएको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभाका सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।