काठमाडौं, २३ चैत्र । तीन दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिधिनिमण्डल नयाँ दिल्लीस्थित् ईन्दिरा गान्धी अन्र्तराष्टिय विमानस्थलमा ल्याण्ड गरेका छन् । उनलाई एयरपोर्टमा भव्य स्वागत गरिएको छ ।
उनलाई रिसिभ गर्न भारतीय गृहमन्त्री राजनाथ सिंह पठाएर प्रधानमन्त्री नरेन्द्र मोदीले सरप्राईज नै दिएका छन् । यसअघिका प्रधानमन्त्रीलाई रिसिभ गर्न कि प्रधानमन्त्री आँफै आएका थिए । नभए, विदेशमन्त्री पठाउने चलन थियो ।
मोदीले क्याविनेटमा आफू पछिका दोस्रो वरियतामा रहेका गृहमन्त्री सिंहलाई नै एयरपोर्ट पठाएर ओलीलाई सरप्राईज गिफ्ट दिएका हुन् ।
नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै गृहमन्त्री राजनाथ सिंहले ओलीको भारत भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर हुने विश्वास दिलाए । त्यस्तै उनले भ्रमण सफल र फलदायी बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्नेपनि जनाए ।