काठमाडौं, २३ चैत्र । तीन दिने राजकीय भ्रमणमा भारतको नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सम्पन्न भएको छ ।
आज साँझ ६ः३० मा प्रधानमन्त्री मोदीसँग उनको निवास ७ लोक कल्याण मार्गमा भएको भेटवार्तामा मोदीले नेपालको समृद्धि र विकासमा खुलेरै सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
भेटमा मोदीले बुढीगण्डकी जलविद्युत परियोजना चीनीयाँ कम्पनी गेजुवालाई नदिनको लागि विशेष आग्रह गरेको स्रोतको दाबी । मोदीले उक्त परियोजना बनाउनको लागि भारत आँफै अघि बढ्ने विश्वास दिलाए ।
त्यस्तै मोदीले नेपालमा व्याप्त रहेको भारतविरोधी भावना हटाउनको लागि पनि नेपाल र भारत सरकार दुवैले पहल गर्नुपर्ने बताएका थिए ।
नेपालको संविधान संशोधनप्रति भारतको कुनै विरोध नरहेको मोदीले ओलीसामू विश्वास दिलाएका थिए । ओलीसँगको भेटवार्तामा उनले भनेका थिए,”नेपालको संविधानको म स्वागत गर्छु, अब हामीले द्धिपक्षीय सम्बन्ध थप मजबुद बनाउनुपर्छ, सिमादेखि सबैखाले समस्या हल गर्नुपर्छ।”
प्रधानमन्त्री ओलीले आगामी दिनमा मिलेर जानेर विश्वास दिलाए । भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थपेको ओलीको विश्वास छ ।