चैत २४, काठमाण्डौ । नेपाल मामला जानकार मानिने केवी राजनले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण सफल हुने दाबी गरेका छन् ।
दुवै देशले अवसरको सदुपयोग गर्न सके अहिलेको भ्रमण सफल हुने उनको तर्क छ ।
दिल्लीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले दुई देशका प्रधानमन्त्रीको भेटपछि सम्बन्ध सुमधुर बन्ने र नेपालमा भारतीय लगानी बढ्ने बताए ।
त्यसैगरी धमलासँग कुरा गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले यसपटकको भ्रमण उपलब्धिमूलक भएको दाबी गरे ।
प्रधानमन्त्री ओलीको भ्रमण दलका सदस्य तथा मन्त्री यादवले ओली र मोदीबिचको भेटवार्तामा नेपालको हितका विषयमा कुराकानी भएको बताए ।