Logo

मेरो भारत भ्रमणले सम्बन्धको नयाँ बाटो र अर्थ पहिल्याउने : प्रधानमन्त्री ओली



नयाँदिल्ली, २४ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नयाँ मोडेलको  सम्बन्ध बनाउन चाहेको बताएका छन् ।

नयाँदिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक-अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘हामी एउटा नमुना सम्बन्ध विकास गर्न चाहन्छौं, जसले दुबै देशको समृद्धि सँगसँगै हुनेछ।’  आफ्नो भारत भ्रमणले दुई देशबीच सम्बन्धको नयाँ बाटो र अर्थ पहिल्याउने पनि ओलीले बताएका छन् । उनले दुई छिमेकीबीचको सम्बन्ध २१ औं शताब्दीको यथार्थताको आधारमा हुने पनि बताएका छनु ।



प्रतिक्रिया दिनुहोस्