Logo

तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव जारी (तस्विरसहित)



काठमाडौं, २४ चैत । शुक्रबारदेखि राजधानीमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सवमा उपभोक्ताको आकर्षण देखिएको छ ।

नेपालसहित जर्मनी, रुस, अमेरिका, चीन, क्यानडा, श्रीलंकालगायत १३ देशका प्रतिनिधिहरुको सहभागिता रहेको चिया महोत्सवमा चिया उत्पादनमा प्रयोग हुने प्रविधिबारे छलफलसमेत भइरहेको छ ।

यस्ता मेलाले स्वदेशमा उत्पादित चिया तथा कफी अन्तर्राष्ट्रिय बजारमा थप विस्तार हुनसमेत सहयोग पुर्‍याउने आयोजकको विश्वास छ ।

महोत्सवमा स्वदेशी चिया तथा कफीले उचित बजार मूल्य नपाएकाले ‘ब्रान्डिङ’मा ध्यान दिनुपर्नेमा पनि सरोकारवालाहरुले जोड दिएका छन् । महोत्सव आइतबार सकिनेछ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्