Logo

नेपाल चीनतिर ढल्किँदैन, यो भ्रमबाट मुक्त हुनुहोस् : प्रधानमन्त्री ओली



नयाँ दिल्ली, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै देशतिरपनि नढल्किने विश्वास दिलाएका छन् । उनले आफूले भारत भ्रमणका क्रममा यहाँका नेता र बुद्धिजीवीहरुमा कम्युनिष्ट सरकार आएपछि लोकतन्त्र संकटमा पर्छ कि भन्ने भ्रम पाएको बताए । उनले भने, यो गलत भ्रमण हो, त्यस्तै अर्को चाहिँ नेपाल कुनै एउटा देश (चीन) तिर ढल्कने हो कि भन्ने भ्रम रहेछ ।

ओलीले यी दुबै भ्रमहरुबाट मुक्त हुन भारतीयलाई आग्रह गरे । शनिबार साँझ इण्डिया फाउन्डेसनले आयोजना गरेको नागरिक अभिनन्दनमा सहभागी भएका ओलीले यस्तो बताएका हुन् ।

उनले भने,हामी कतै ढल्कँदैनौं, समानताका आधारमा सबैछिमेकीसँग सम्बन्भ राख्छौं । आफू लोकन्त्रका लागि लडेको र १५ वर्षसम्म जेल बसेको व्यक्ति भएकाले लोकतन्त्रप्रति प्रतिवद्ध रहेको उनको विश्वास थियो ।



प्रतिक्रिया दिनुहोस्