नयाँदिल्ली, २५ चैत । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यावारिधिको उपाधि दिईएको छ । ओलीाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको हो ।
आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई ‘डक्टर अफ साइन्स’को मानार्थ उपाधि प्रदान गरेको हो ।
तस्विर : परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको ट्विटरबाट