काठमाडौं, २९ चैत । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले खनालले कुनै लोभ लालचमा नपरी इमान्दारीताका साथ जनताको काम गर्न निर्देशन दिएका छन् ।
महानिरीक्षकको जिम्वारी सम्हालेलगत्तै प्रहरी मुख्यालयमा उच्चपदस्थ प्रहरी अधिकृतलाई आज बिफ्रिङ गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
आईजी प्रहरी संगठनको छवि धमिलो बनाउनेहरु संगठनभित्र क्रियाशिल रहेको भन्दै आईजी खनालले अब प्रहरी संगठनमा त्यस्ता ब्यक्ति नअट्ने चेतावनी दिनुभयो । नैतिक आचारण र इमान्दारिता प्रहरीको प्राण भएको उनको भनाई थियो ।
आईजी खनालले गुन्डागर्दी र तस्करको विरुद्धमा प्रहरी संगठनले काम गर्ने बताएका थिए । प्रहरीको काम सुस्त भएको गुनासो बढेकाले तीब्रता दिन जरुरी रहेको बताउँदै खनालले कसैको दवावमा परेर काम गर्न र नगराउन निर्देशन दिए ।