वैशाख ३, काठमाण्डौ । जिल्ला अस्पताल सिरहाका चिकित्सकहरुले नै अस्पतालको सेवा ठप्प पारेका छन् । तलब भत्ता नपाएको भन्दै चिकित्सकहरुले अस्पतालको सेवा ठप्प पारका हुन् । सेवा ठप्प भएपछि उपचारका लागि आएका बिरामी मारमा परेका छन् ।
सिरहा जिल्ला अस्पतालमा विभिन्न ठाउँबाट उपचारका लागि आएका बिरामी बिल काटेर
चिकित्सकको पर्खाइमा बसेका थिए । तर अस्पतालमा आएका चिकित्सकहरु सेवा ठप्प पारेर आन्दोलनमा उत्रिए ।
तलब भत्ता नपाएका भन्दै चिकित्सकहरुले सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकको आन्दोलनका कारण बिरामी मारमा परेका छन् ।
बिना सूचना चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । तलब भत्ताको लागि सिरहा नगरपालिकामा पहल गरिरहेको र बजेट निकासा नभएको अस्पतालको भनाई छ ।
चिकित्सकहरुको माग आफ्नो ठाउँमा जायज होला तर स्वास्थ्य जस्तो संवेधनशिल विषयमा कसैले पनि खेलवाड गरिनु हुन्न ।