काठमाडौं, १५ बैशाख । भौतिक पूर्वाधार था यातायातमन्त्री रघुबीर महासेठले यातायात व्यवसायीहरुको माँग सम्बोधन गर्नको लागि समिति बनाउने १५ दिनभित्र सबै समस्या हल गर्ने तयारी थालेका छन् ।
पत्रकार ऋषि धमलासँग बुधबार संक्षिप्त कुराकानी गर्दै मन्त्री महासेठले यस्तो बताएका हुन् । उनले भने,‘यातायात व्यवसायीहरुको सबै समस्या हल गर्नेगरि समिति गठन गर्दैछु, म उहाँहरुलाईपनि मिलाएर लैजाने पक्षमा छु ।’
यातायात व्यवसायीले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बोकेको यातायात क्षेत्रलाई सरकारले अंकुश लगाउन खोजेको आरोप लगाएका छन् ।
विभिन्न यातायात व्यवसायी संघले आज पत्रकार सम्मेलन गरी यातायात व्यवसायीसँग विना छलफल यातायात कार्यविधि निर्देशिका ल्याएर यातायात क्षेत्रलाई अंकुश लगाउन खोजेको आरोप लगाएका थिए ।