Logo

संघीयता अनुसार नै प्रहरी संरचना बन्दै गईरहेको छ : गृहमन्त्री थापा



चितवन, १० वैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सबै विषयमा टुंगो लागिसकेको दाबी गरेका छन् ।

उनले अब एकता छिट्टै हुने विश्वास दिलाएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरागर्दै उनले प्राविधिक कारणले ढिलाई भए पनि मिति नतोकेकै समयमा एकता हुने बताए ।

गृहमन्त्री थापाले भने,‘पार्टी एकताका लागि आवश्यक पुर्वाधार तयार भईसकेको छ,’ एकताका लागि राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु तय भईसकेको छ ।’

जनयुद्धको भूमिकालाई संरक्षण गर्ने र संगठनात्मक विषयमा नेतृत्वको मोडालिटी कस्तो हुने भन्ने विषय पनि टुंगिसकेको उनको दावी छ । दुबै पार्टीका सबै नेतालाई संगठनात्मक मोडेलका आधारमा व्यवस्थापन गरिने उनले बताए ।

केन्द्रमा सहअध्यक्षको मोडेल र जिल्ला तहमा दुई पदीय नेतृत्वको मोडेल तयार गरेर सिफारिस गरेको मन्त्री थापाले जानकारी दिए ।

यसैबीच उनले एक अर्को प्रसंगमा प्रहरी प्रशासन संघीय संरचना अनुसार संचालन भइरहेको बताए । संघीयता अनुसार नै प्रहरी संरचना बन्दै गईरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्