Logo

गच्छदारले मुखै खोलेर माँग उपसभापति पद



काठमाडौं, १४ वैशाख : नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफ्नै घर सम्झिएर कांग्रेसमा फर्किएकोले पार्टीले आफूलाई जिम्मेवारी दिनुपर्ने बताएका छन्।

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा धारणा राख्दै गच्छदारले घुमाउरो ढंगले उपसभापतिमा दाबी गरेका हुन्। चुनावको संघारमा उनले लोकतान्त्रिक फोरम कांग्रेससँग समायोजन गरेका थिए।

गच्छदारले बैठकमा भने,‘चुनावका बेला कम्युनिष्टहरूले तालमेल गर्नुपर्छ भनेका थिए मैले मानिनँ, ‘आफ्नै घर सम्झिएर कांग्रेसमा फर्किएको हुँ। त्यसैले पार्टीले जिम्मेवारी दिनुपर्‍यो।’

उनले पार्टी समायोजनका बेला गरेका सहमतिको कार्यान्वयन हुनुपर्ने माग गरेका छन्। लोकतान्त्रिक फोरमबाट आएका नेतालाई सम्मानित पद तथा जिम्मेवारी दिनुपर्ने उनको माग छ।

पार्टी समायोजन गरेको लामो समयसम्म पनि आफू भूमिकाविहीन भएकोमा गच्छदार असन्तुष्ट छन्। नयाँ उर्जाका साथ पार्टीलाई अघि लैजानुपर्नेमा उनले जोड दिएका छन्। यसअघि नै गच्छदारले केन्द्रीय सदस्य बनाउनुपर्ने भन्दै नेताहरूको नाम प्रस्ताव गरेका थिए।



प्रतिक्रिया दिनुहोस्