बुटवल, १४ बैशाख । लुम्बिनीमा अन्र्तराष्ट्रिय शान्ति केन्द्र निर्माण हुने भएको छ । बुद्ध जयन्तीको अवसरमा युनिभर्सल पीस केन्द्रको शिलान्यास हुने भएको हो ।
दुई बर्ष अगाडि जग्गा प्राप्ती गरेको ‘द महासिद्ध स्यांचुरी फर युनिर्भर्सल पीस’ केन्द्रको भवनको आइतबार शिलान्यास हुने कार्यक्रम छ । सो भवन निर्माणको अवलोकन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अवलोकन गर्ने बताईएको छ ।
कमलको फूल आकारमा सेतो रंगमा बन्ने भवन निर्माणको मुख्य उद्धेश्य शान्तिको सन्देश फैलाउनु हो । आज रिर्पोर्टर्स क्वल ५ नम्बर प्रदेश कार्यालय बुटवलमा आयोजित पत्रकार सम्मेलन गरि भवन शिलान्यासको सम्पुर्ण तयारी पुरा भएको परिकल्पनाकार श्याल्पा तेन्जिन रिन्पोछेले बताए ।
करोडौं लागतमा बन्ने भवनको लागत संकलन चन्दाबाट गरिने बताईएको छ । पीस पार्कमा बिभिन्न आर्कषण ध्यान केन्द्र बनाउने योजना रहेको छ ।
जसमा साल बृक्ष मुनी मायादेखिको कोखवाट जन्मदै गर्नुभएको भगबान गौतमबुद्धको बिशाल र शुन्दर मुति राखिनेछ । चारबाट प्रवेश द्धारबाट प्रवेश गर्नेलाई ब्यात प्राकृतिक प्रशाक अनियसमा विद्यामान वास्तु संरचनाल र मुक्तिकलाले अलौकिक परिबेश सृजना गर्ने श्याल्पा तेन्जिन रिन्पोचेकोले जानकारी दिए।
भगबान बुद्धको २५६२ औ जन्मजयन्तीको अशवरमा भवन शिलान्यास गर्न पाउदाँ आफुहरु निकै खुसी भएको बताउनु भयो । यस्तै सुनौलो गजुर,द युनिभर्सल पीस लाईब्रेररी, द पी म्युजियम शान्ति सँग्रहालय, च्यारिटेवल एक्टिभिटिज रहने पत्रकार सम्मेलनमा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।