काठमाडौं, १६ बैशाख । व्यापार प्रर्वद्धनको सहकार्यका लागी नेपाल चेम्वर अफ कमर्स र भारतको इन्डियन इन्डष्ट्रिज एसोसिएसनवीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
आईतबार काठमाडौमा आयोजित कार्यक्रमका बिच समझदारीपत्रमा नेपाल चेम्वरकोतर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र इन्डियन इन्डष्ट्रिज एसोसिएसनकोतर्फबाट अध्यक्ष सुनिल बैशले हस्ताक्षर गर्नुभयो ।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल चेम्वरका अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरण वनेकाले लगानी गर्नका लागि आह्वान गर्नुभयो ।
स्थीर सरकार बनेको, लामो समयदेखिको लोडसेडिंग अन्त्यलगायतका कारण नेपालमा लगानीको वातावरण तयार रहेको उहाले बताउनुभयो । उहालेसमmदारीपत्रमा भएको हस्ताक्षरपछि दुवै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै इन्डियन इन्डष्ट्रिज एसोसिएसनका अध्यक्ष सुनिल बैशले समmदारीपत्रमा भएको हस्ताक्षर उपादेयतापूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।
तस्विर : मुकुन्द कालिकोटे