Logo

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सफल भयो, घोषणापत्र पूर्ण कार्यान्वयन हुन्छ : अधिकारी



वैशाख १७, काठमाण्डौ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा १५ गतेदेखि सुरु अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ समापन भएको छ ।

गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गरेका थिए ।

सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वानहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि छलफल गरेर दब बुँदे घोषणापत्रसमेत जारी गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सम्मेलनको उद्देश्य पूरा भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री अधिकारीले दश बुँदे घोषणापत्र जारी गरेर अन्तराष्ट्रिय सम्मेलन समापन भएको जानकारी दिदै विश्व शान्ति र वुद्ध दर्शनका सम्बन्धमा महत्वपूर्ण उपलब्धि भएको बताए ।

घोषणापत्र पूर्ण रुपमा कार्यान्वयन गरिने मन्त्री अधिकारीले दाबी गरेका छन् । “यसपटकको घोषणापत्र राम्रोसँग कार्यान्वयन गर्न सकिने गरी बनाएका छौँ । विश्व शान्तिको केन्द्र बनाउने र ग्रेटर लुम्बिनी बनाउने महत्वपूर्ण योजना सफल बनाउँछौँ ।” अधिकारीले भने ।

एसियाको वुद्ध सर्किटको रुपमा लुम्बिनीलाई विकास गरिने उनको दाबी छ ।

अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको छ । गोष्ठीमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंकालगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्