काठमाडौं, २१ बैशाख । राजतन्त्रको अन्त्य भई गणतन्त्र आईसकेपछि पनि नेपालमा अझैपनि श्री ५ महाराजाधिराजबाट जारी भएको ऐन यथावत रहेको पाईएको छ ।
आवश्यक सेवा सञ्चालन ऐन–२०१४ अहिलेसम्म संशोधन गरिएको छैन । गणतन्त्र सुदृढिकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन २०६६ बमोजिम यो ऐन संशोधन गरेर श्री ५ महाराजाधिराजबाट यो ऐन बनाई जारी बक्सेको छ भन्ने वाक्य हटाई नेपाल सरकार लेख्नुपर्दथ्यो ।
सरकारको यसमा गम्भिर त्रुटि रहेको पाईएको छ । यो कमजोरीलाई सरकारले यथाशक्य सच्चाउनुपर्छ । गणतान्त्रिक सरकार अहिले यही ऐनलाई समातेर सिण्डिकेटविरुद्ध कठोर रुपमा प्रस्तुत भैरहेको छ ।