Logo

२६ वटा माइक्रो बसको रुट परमिट खारेज, यातायात संघ तथा समितिका सबै काउन्टर बन्द



वैशाख २१, काठमाण्डौ । यातायात व्यवस्था विभागले पुरानो बसपार्कदेखि नयाँ बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज भएको छ ।

 पुरानो बसपार्कदेखि सुन्धारा, रत्नपार्क, लैनचौर, सामाखुसी हुँदै चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरेको हो ।
गृहमन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आजैदेखि सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय गरेको थियो ।

यसैबिच सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ ।

फाइल तस्विर

यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवसथा विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो ।

अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाउने निर्णय भएको हो । निर्णयअनुसार अब नयाँबसपार्कभित्र कम्पनीका बसहरुको मात्रै काउन्टर सञ्चालन हुनेछ ।

काउन्टर हटाउन लोत्सेले प्हरी सुरक्षा मागेको छ । त्यसअनुसार गृहमन्त्रालयले बसपार्कको सुरक्षाका लागि प्रहरीलाई निर्देशन दिइसकेको छ ।

अब बसपार्कभित्रका समितिका काउन्टर हटाएर कम्पनीहरुलाई व्यवस्थित रुपमा मात्रै राखिने छ ।



प्रतिक्रिया दिनुहोस्