काठमाडौं, २५ बैशाख । विश्व बैंकका नेपालका लागि नयाँ म्यानेजर फेरिस हादाद–जोर्भस (Faris Hadad-Zervos) आज काठमाडौं आएसँगै पदभारग्रहण समेत गरेका छन् ।
हादाद–जोर्भस (Faris Hadad-Zervos) अमेरिकन नागरिक हुन । उनी सन् २००१ मा मिडिल ईष्ट र नर्थ अफ्रिका क्षेत्रमा काम गर्नेगरि बैंकमा आवद्ध भएका थिए । त्यसपछि उनले धेरै व्यवस्थापकीय जिम्मेवारीको पद सम्हाल्दै आएका थिए । उनको पछिल्लो जिम्मेवारी मलेसियाका लागि कन्ट्री म्यानेजर थियो ।
उनले भनेका छन्,“नेपालमा यस्तो उत्साहित समयमा सेवा गर्न पाउनु मेरो लागि खुशी र गर्वको कुरा हो, आगामी दिनमा उत्कृष्ट साझेदारी गर्न सकिन्छ भन्ने कुरामा म आशावादी छु, जुन हामीले विगत ५० वर्षदेखि गर्दै आएका छौं ।” हादाद जर्भोस बैंकस्तरीय प्रतिष्पर्धाबाट यो पोजिसनमा चयन भएको वल्र्ड बैंकले जनाएको छ ।