वैशाख २८, काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै निधीले नेपाल सरकारले गरेको स्वागतको तयारीमा आफू कांग्रेसका तर्फबाट सहभागि भएको बताए ।
नेपाली कांग्रेसले पनि प्रदेश नम्बर दुईका कार्यकर्तालाई मोदीको स्वागतका लागि सहभागि हुन आग्रह गरिएको बताए ।
दुई देशबीचको सम्बन्ध छिमेकीको मात्र नभै पारिवारिक सम्बन्धसमेत भएकाले मोदीको भ्रमणले राम्रो सम्बन्धलाई अझै पुष्टी गर्ने उनको तर्क छ ।
मोदीको भ्रमणको जनकपुरसहित समग्र नेपालकै विकासमा सहयोग हुन सक्ने निधिको भनाई छ ।
“जनकपुरको विकास र छिमेकीसँगको सम्बन्ध अझै प्रगाढ हुनेछ । सर्वाङ्गिण विकासको लागि ढोका खुल्नेछ ।” निधीले भने ।