काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यालय शितलनिवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारी र मोदीबीच द्धिपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो।
भेटघाटका क्रममा दुई देशको आपसी हितको बारेमा समेत कुराकानी भएको हो । दुई जनाबीच नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुरयाउनेबारे कुराकानी भएको छ ।