काठमाडौं, बैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र यसक्रममा गरिएका सम्झौता र सहमतिका बारेमा संसदलार्ई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति भने असन्तुष्टि जनाए ।
मुख्यमन्त्रीको नाम नलिएपनि नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको उल्लेख गरे ।
यो नेपाल सरकारको नीति अनुसार नभएको पनि ओलीको भनाइ छ । संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैमा आज पनि आर्थिक वर्ष २०७५र०७६ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ ।