Logo

मुख्यमन्त्रीले पार्टी र प्रदेश सरकारको धारणा बमोजिम बोल्नुभएको हो : श्रेष्ठ



काठमाडौं, ३१ वैशाख । संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले मोदीको भ्रमणको क्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्रीले बोलेको कुरा पार्टीको धारणा र प्रदेश सरकारको धारणा बमोजिम नै रहेको स्पष्ट पारेका छन् ।

५ दर्जन व्यक्तिको लाशमा टेकेर र संविधा सभामा कफ्र्यु लगाएर संविधान जारी गर्नेहरुले प्रत्येपटक विश्कै उत्कृष्ट संविधान भनेर भन्ने गरेको बताउँदै नेता श्रेष्ठले भने,“उहाँहरुले संविधानलाई उत्कृष्ट भन्नुहुन्छ, हामी निकृष्ट भन्छौं।” वर्तमान संविधान संघीयताको सवालमा विश्वमै कमजोर भएको उनको दाबी छ ।

अहिले संघीय शासन अनुकुल काम नभएकोपनि नेता श्रेष्ठको गुनासो छ । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,“मुख्यमन्त्रीजीले बोलेको कुरामा कुनै समस्या छैन।”

त्यस्तै उनले जनकपुरमा मोदी र ओलीको सम्बोधनको क्रममा राखिएको झण्डाबारेको विवादमा पनि त्यो कमजोरी परराष्ट्र मन्त्रालयको भएको टिप्प्णी गरे । उनले भने,“संघीय सरकारको कमजोरी हो, परराष्ट्रमन्त्रीले आफ्नो प्रतिनिधि पठाएका छन्, उनीहरुले हेर्नुपर्दैन्, के तिनीहरुलाई त्यहाँ लाटालाई पाापा देखाउन पठाएको हो र ?”

उनले मोदीको दुई दिने राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक भएपनि खासै उपलब्धिमूलक नभएको टिप्पणी गरे । उनले थपे,“रेलमार्ग, जलमार्ग र कृषिका विषयमा नयाँ केही भएन, उही रक्सी उही बोटलमाफै नयाँ भनेझैं भयो।”



प्रतिक्रिया दिनुहोस्