काठमाडौं, ३१ वैशाख । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको बेला नेपालको झण्डा बिगार्ने व्यक्ति पत्ता लागेको भन्दै छिट्टै कारबाही गर्ने बताएका छन् ।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले झण्डा बिगारिएकोबारे आफूले कारबाहीको प्रक्रिया अ िबढाएकोपनि जनाए ।
यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप फरक भएकोबारेमा सम्वद्ध अधिकारीहरुसँग स्पष्टिकरण मागेको छ ।
संघीय मामिला मन्त्री लालबाबु पण्डितले राष्ट्रिय झण्डाको स्वरुप र आकार फरक पारेर राखिनु गम्भीर गल्ती र संविधान विपरीत रहेको भन्दै प्रदेश २ का मुख्य सचिवसहित सरकारी अधिकारीहरुसँग स्पष्टिकरण मागेका हुन् ।