Logo

पत्रकार धमलाद्धारा ढकालको एक चित्रकला प्रर्दशनीको अवलोकन



काठमाडौं, २२ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले सेन्ट मेरिज उ.मा.वि.मा अध्ययनरत छात्रा ज्वाला ढकालको आजबाट सुरु भएको एकल चित्रकला प्रर्दशनीको अवलोकन गरेका छन् ।

आजबाट सुरु भएको उक्त प्रदर्शनी यही बैशाख २८ गतेसम्म चल्ने ढकालले जानकारी दिईन् । अवलोकनपछि संक्षिप्त प्रतिक्रिया दिँदै धमलाले भने,‘यो चित्रकला प्रर्दशनीमा अवलोकन गरिदिन म सबैमा आग्रह गरिदिन्छु, पवित्र उद्देश्य राखरेर सुरु गरिएको प्रर्दशनीमा राखिएका चित्रहरु खरिद गरिदिनुपर्छ, शब्द र विषय हेर्दा परिपक्व व्यक्तित्वले कोर्नुभएको चित्रजस्तो छ, ढकालजीको प्रस्तुती अत्यन्तै शानदार छ, म खुलेर प्रशंसा गर्छु ।

धमलाले सम्पूर्ण नेपालीहरुलाई उक्त प्रदर्शनी अवलोकन गर्न विशेष आग्रह समेत गरेका छन् । काठमाडौंको बबरमहलस्थित् नेपाल आर्ट काउन्सिलमा आजबाट प्रदर्शनी सुरु भएको हो ।

उद्धघाटन् भने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले गरेका हुन् । प्रदर्शनीमा राखिने चित्रहरु समाज र प्रकृतिबारे केन्द्रित छन् । उक्त प्रर्दशनीमा १ सय १० चित्रहरु राखिएका छन् ।

प्रर्दशनीबाट संकलित रकमबाट ‘प्रयास नेपाल’ नामक अनाथालयमा रहेका बालबालिकाहरुको लागि ‘कम्प्युटर ल्याब’ स्थापना गरिने ढकालले विश्वास दिलाईन् । उनका अनुसार उक्त आश्रममा हाल ३२ जना बालबालिकाहरु आश्रित छन् ।

उनले आफ्नो प्रर्दशनीलाई सफल बनाउनको लागि सबैले सहयोगी हातहरु अघि बढाउनको लागि पनि विशेष आग्रह गरेकी छिन् । उनले भनिन,‘मैले पहिलोपटक एकल चित्रकला प्रदर्शनी सुरु गरेको छुु, यसलाई पूर्ण रुपमा सफल बनाउनको लागि मलाई यतिवेला सहयोगको खाँचो छ, सबैले सहयोगी हातहरु बढाईदिनुहोस्, चित्रकला प्रदर्शनीबाट संकलित रकम अनाथ बालबालिकाहरुको लागि खर्चिनेछु, उनीहरुलाई कम्प्युटर ल्याब बनाउने अठोट छ, मेरो सपना साकार पार्नको लागि सबै तह र तप्काका व्यत्तित्वहरुको सहयोगको खाँचो छ।’’

ढकाल सानैदेखि नै चित्रकला बनाउन रुचि राख्दिन् । कक्षा एकमा अध्ययन गर्दा नै उनको पहिलो लेख पत्रिकामा प्रकाशित भएको ढकालले जानकारी दिईन् । उनका अनुसार ढकालको चित्रकलाप्रतिको रुचिले गर्दा उनलाई कक्षा एकमा नै हुँदा पन्ध्र दिनका लागि नेपाल कमर्सियल आर्टिस्ट संघमा चित्रकला सिक्न राखियो र जहाँबाट उनले ‘दिपक कुँवर’ र ‘कैलशा के. श्रेष्ठ’ सरबाट पहिलोपल्ट कुची समाउन, रङ भर्न र अझ राम्रो चित्रकला बनाउन सिकेकी हुन् ।

त्यसपछि उनले आँफै विद्यालयका चित्रकला प्रतियोगिताहरुमा भाग लिन थालेकी हुन । पत्रकार सम्मेलनमा उनले भनिन्,‘प्रतियोगितमा भाग लिनु नै मेरो लागि ठूलो कुरा हो, हार जितहरुबाट मैले सिक्ने मौका पाएँ।’ कक्षा तीनको जाडो बिदालाई सदुपयोग गर्दै उनले ‘नेचर’ नामक पूस्तक प्रकाशन समेत गरेकी थिईन् ।
स्थायी घर झापाको धरमपुर रहेकी ढकाल अहिले काठमाडौंको मैतिदेवीमा बस्दै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्