काठमाडौं, ५ जेठ । डा. सुन्दरमणी दीक्षितलाई यस वर्षको शान्ति र मानव अधिकार राष्ट्रिय सम्मान प्रदान गरिएको छ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको नवौ राष्ट्रिय सम्मेलनको आज उद्घाटन समारोहमा डा. दिक्षितलाई उक्त सम्मान गरिएको हो ।
पुर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायको प्रमुख आतिथ्यमा भएको सभामा नेकपाका नेता दीनानाथ शर्मा, सांसदहरु भानुभक्त ढकाल, नेपाली काग्रेसका नेता रमेश लेखक र काँशीराज दाहाल, दमननाथ ढुङ्गाना, सुर्यप्रसाद श्रेष्ठ, कृष्ण प्रसाद भण्डारी, डा. सुन्दरमणी दिक्षित, भारती सिल्वाल गिरि, प्रा. कपिल श्रेष्ठ, गणेश बि के, डा. गौरीशंकर लाल दास, सुमित्रा प्रसाईं समेतले सम्बोधन गरेका थिए ।
सभा अध्यक्ष भवानी खरेलको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । सभामा अतिथीहरु लगायत १७५ जनाको सहभागिता रहेको थियो ।