काठमाडौं ७ जेठ । परराष्ट्र मन्त्रालयले सांसदहरुलाई कुटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाए गरेको छ । संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परराष्ट्र मन्त्रालयको राहदानी विभागले संसद सचिवालयलाई पत्राचार नै गरेर रातो पासपोर्टका कडाइ गरिएको जानकारी गराएको छ ।
पत्रमा विभागले सचिवालयलाई कुन देश, के कार्यक्रममा जाने भन्ने आधार पेस नगरेसम्म रातो पासपोर्टका लागि सांसदको नाम सिफारिस नगर्न आग्रह गरेको छ । –कान्तिपुर दैनिकबाट