Logo

भारतले विराटनगरमा स्थापना गरेको दूतावसको फिल्ड अफिस हटाउने



काठमाडौं, ८ जेठ । भारतीयले विराटनगरमा स्थापना गरेको दूतावसको फिल्ड अफिस हटाउने भएको छ। वैशाख २८ गते नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरको फिल्ड अफिस हटाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाइसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्रायलले कार्यालयको प्रयोजन समाप्त भएको र त्यहाँ रहेका सुरक्षाकर्मीहरूको स्थानान्तरण गरिएको जनाएको छ। ०६५ भदौमा कोशीमा बाढी आएको केही समयपछि विराटनगर महानगरपालिका १३ स्थित मलाया रोडमा झण्डा सहित भारतले फिल्ड अफिस खडा गरेको थियो।

 



प्रतिक्रिया दिनुहोस्