Logo

‘डिजीलाई सरुवा गरेको छैन, महत्वपूर्ण काम गर्न मन्त्रालय बोलाईएको हो’ : मन्त्री महासेठ



काठमाडौं, ८ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले ल्याएको नीति तथा कार्यक्रमहरु प्रचारमुखी नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘हामीले वास्तविक धरातलमा उभिएर कार्यक्रमहरु ल्याएका छौं।’ उनले आफूपनि नगर्ने अनि अरुले राम्रो काम गर्दापनि सहयोग नगर्ने कांग्रेसको चरित्र देखिएको आरोप लगाए ।

०५१ सालमा मनमोहन अधिकारीले आफ्नो गाउँ आँफै बनाउँ भनेर कार्यक्रम ल्याउँदापनि विरोध गरिएको स्मरण गर्दै मन्त्री महासेठले आफूहरुले यसपटकपनि राम्रा कार्यक्रमहरु ल्याएको दाबी गरे । उनले भने,‘हिजोको चाईना आज कहाँ पुग्यो ? हेर्नुहोस् त, सिँगापुर कहाँबाट कहाँ पुग्यो ? काम गर्नको लागि ईच्छाशक्ति हुनुपर्छ, हो, त्यो ईच्छाशक्ति हामीमा छ, हामीले धरातलमै टेकेर कार्यक्रमहरु ल्याएका छौं, ती सबै कुराहरु ‘टाईम–फ्रेम’भित्रै पूरा गर्छौं।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले ५ वर्षभित्र दोहोर अंकको आर्थिक वृद्धि हाँसिल गरेरै छाड्ने उघोष गरे । उनले भने,‘चाहे हाईडा«ेपावर होस्, वा भौतिक पूर्वाधारकै कुरा होस्, हामी सबै आयोजनाहरु पूरा गर्छौं, पैसाको अभाव छैन, सही अर्थमा काम गर्ने हो, जनताका सपनाहरु पूरा गर्छौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा उनले प्रशासनिक क्षमता बढाउनको लागि केही समय लाग्ने स्पष्ट पारे । यद्धपी चुनाव सम्पन्न भएको तीन महिनासम्मपनि तत्कालिन सत्तारुढ दल नेपाली कांग्रेसकै कारण सरकार गठनमा ढिलाई भएको उनको गुनासो थियो ।

फरक प्रसँगमा उनले आफूहरुले अहिलेसम्म कोही पनि कर्मचारीहरुलाई नचलाएको स्पष्ट पारे । मन्त्री महासेठले भने,‘प्रशासनिक क्षमता बढाउनको लागि केही समय लाग्ने स्पष्ट पारे । यद्धपी चुनाव सम्पन्न भएको तीन महिनासम्मपनि तत्कालिन सत्तारुढ दल नेपाली कांग्रेसकै कारण सरकार गठनमा ढिलाई भएको उनको गुनासो थियो । मन्त्री महासेठले भने,‘हामीले कर्मचारीलाई भेदभाव गरेका छैनौं, उनीहरुको कार्य क्षमतालाई हेरेका छौं।’

उनले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई आफूले सरुवा नगरेको पनि स्पष्ट पारे । मन्त्री महासेठले भने,‘डिजी भट्टराईजीलाई मन्त्रालयमा बोलाएका छौं, उहाँलाई डिस्टर्ब गर्नेगरि ल्याएको होईन, उहाँले यातायात क्षेत्रको सिण्डिकेट हटाउनको लागि सकारात्मक भूमिका निर्वाह गर्नुभएको थियो ।’ सिण्डिकेट हटाउनको लागि सबैभन्दा धेरै साथ र सहयोग पत्रकार, जनता र सुरक्षा निकायको रहेको भन्दै उनले धन्यवाद समेत दिए ।

सिण्डिकेट हटाउने सरकारको एजेण्डा रहेको बताउँदै उनले भने,‘सिण्डिकेट हटाउने एजेण्डा प्रधानमन्त्रीको वा रघुवीर महासेठको मात्रै होईन, यो त सरकारको एजेण्डा हो, हामीले त्यही गरेका छौं।’ उनले सिन्डिकेट हटाउन भट्टराईको मात्र योगदान रहेको भनेर गरिएको प्रचारबाजी गलत भएको बताए। सिन्डिकेट हटाउन सबै पक्षको उतिकै भूमिका रहेको उनले स्पष्ट पारे ।

उनले थपे,‘म मन्त्रीमा बहाल भएको १५ दिनपछि सिण्डिकेट हटाउन निर्देशन दिएको हुँ, विभिन्न बाधा तथा अड्चन पन्छाएर सिण्डिकेट तोडिएको छ, अस्तव्यस्त यातायात क्षेत्रलाई अझै व्यवस्थित् गर्नुपर्छ, हामी कार्यदल बनाउँदैछौं, मन्त्रालयबाट गरिने कामको लागि केही दिनको लागि भट्टराईलाई बोलाईएको छ, तर सरुवा भएको छैन्।’

उनले नेपालमा अझै धेरै सिण्डिकेटहरु तोड्न बाँकी रहेको सुनाए । लाईसेन्स, ब्लु बुक लगायत यातायत क्षेत्रका समस्याहरु यही आर्थिक मसान्तभित्रै व्यवस्थित् गर्नेपनि उनको विश्वास छ । सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरु पूरा गर्नको लागि प्रतिपक्षी दलको पनि सहयोग आवश्यक रहेको उनको भनाई छ ।

महासेठले सडकको रेखाङ्कन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको बताएका छन् । उनले पाँच वर्ष्भित्र काठमाडौँ–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताउँदै चुरे तथा भित्री मधेशका उपत्यकालाई आर्थिक तथा औद्योगिक करिडोरका रुपमा विकास गर्न पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिइने बताए ।

पाँच वर्ष्भित्र स्थानीय तहका केन्द्रलाई कालोपत्र सडकले जोड्ने, नदी किनारमा सडक निर्माण गर्ने, मेची–महाकाली, काठमाडौँ–वीरगञ्ज, रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनीसम्मको रेलमार्ग निर्माण अघि बढाइने, कोशी, गण्डकी र कर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानूनी, नीतिगत र संस्थागत व्यवस्था गरिने र यसलाई बजेट अभाव हुन नदिइने उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्