Logo

आव २०७५–७६ को बजेट इतिहासकै निराशाजनक : लेखक



जेठ १८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता रमेश लेखकलले सरकारले ल्याएको बजेट स्वागत गर्न योग्य नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लेखकले विगतका वर्षमा आउने गरेको जस्तै बजेट यसपटक पनि आएको बताए ।

“बजेटले नयाँ कुरा, नयाँ दृश्टीकोण र मुलुकलाई नयाँ ढंगले अगाडि बढाउने कुनै योजना समावेश गरेको छैन । विकास र समृद्धिका जसरी कुरा गरिएको छ, त्यो ढंगले यो बजेट आएको छैन ।” लेखकले भने ।

बजेटमा निराशाका पक्ष धेरै भएकाले विगतको भन्दा पनि नराम्रो भएको उनको दाबी थियो । बजेटले जनतालाई उत्साहित बनाउन नसकेको लेखकको भनाई छ ।

“मैले त इतिहासकै निराशाजनक बजेटका रुपमा लिएको छु ।” लेखकले भने । सात नम्बर प्रदेशमा कुने पनि ठूला योजना समावेश नगरिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्