Logo

राजपाले केन्द्रिय सरकारलाई दिएको समर्थन फिर्ता लिने



काठमाडौं, २४ जेठ । राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठक भोलि शुक्रबार बस्दैछ । बैठकले केन्द्रिय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने भएको छ ।

राजपाको राजनीतिक समितिको बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय लिनसक्ने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

उनले फोरम नेतृत्वको प्रदेश नम्बर २ को सरकारबाट भने आफूहरु अहिल्यै नै अलग नहुने जिकिर गरे ।

वर्तमान सरकारले मधेशलाई उपेक्षा गरेर बजेट ल्याएको पनि राजपाको आरोप छ । यादवले भने,‘सरकारले बजेटमा मधेशलाई पुरै उपेक्षा गर्यो, संघीयताको मर्म र भावना विपरित बजेट आएको छ, यो हामीलाई मान्य छैन।’

त्यस्तै सरकारले सविधान सशोधनमा पनि कुनै चासो नदेखाएकोमा राजपाले आपत्ति जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्