Logo

कार्यान्वयन नहुने धेरै एजेण्डा लिएर प्रधानमन्त्री चीन जाँदै



काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने अन्तिम तयारीमा जुटेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमण भारत गरेका ओलीले दोस्रो विदेश भ्रमण चीन गर्दैछन् ।

उनको चीन भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । प्रधानमन्त्रीको भ्रमणको सम्पूर्ण तयारी परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गरिसकेका छन् । ओलीले विभिन्न मन्त्रालयबाट चीन भ्रमणको लागि स्पेशल एजेण्डाहरु मगाएका थिए ।

प्रधानमन्त्री चीन जानु दुई दिन अघि नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । चीनमा मन्त्री महासेठले पूर्वाधारसम्बन्धी बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एशियाली पूर्वाधार मन्त्रीहरुको सम्मेलनमा भाग लिन मन्त्री महासेठ प्रधानमन्त्री ओलीको चीन भ्रमणको दुई दिन पुर्व त्यता प्रस्थान गर्दैछन् ।

 



प्रतिक्रिया दिनुहोस्