Logo

‘गुटबन्दीको अन्त्य गर्दै कांग्रेसलाई पुर्नजीवन दिनका लागि भेला’



जेठ २९, काठमाण्डौ । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला आउँदो असार ५ देखि मकवानपुरको हेटौंडामा शुरु हुने भएको छ ।

भेलामा समसमायिक राजनीतिक विषयमा चर्चा हुने कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस बर्दियाका सभापति तथा सासंद सञ्जय गौतमले नेपाली कांग्रेस सुदृढिकरणका लागि जिल्ला सभापतिहरुको भेलाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गौतमले समग्र कांग्रेस निर्माण कसरी हुन सक्छ भन्ने विषयमा भेला केन्द्रित हुने जानकारी दिए ।

“गुटबन्दीको अन्त्य गर्दै कांग्रेसलाई पुर्नजीवन दिनका लागि भेला केन्द्रित हुन्छ । नेताहरुलाई लडाउने नभै मिलाउने विषयमा जिल्ला सभापतिहरुको प्रयास रहनेछ ।” गौतमले भने ।

कांग्रेसभित्र सबै जना एकतावद्ध हुने हो भने पुर्नजीवन प्राप्त हुन गौतमको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्