Logo

विश्वकपको उद्धघाटन खेल : रसियाद्धारा साउदी अरबिया ५-० ले पराजित



काठमाडौं, ३१  जेठ : २१औं संस्करणको विश्वकप फुटबलको पहिलो गोल रसियाले गरेको छ। मस्कोमा जारी विश्वकपको पहिलो खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध रसियाले पहिलो गोल गरेको हो। रसियाका लागि युरी ग्याजिन्सकीले पहिलो गोल गरेका हुन्।

उनले एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई जाली चुमाएका हुन्।  यस्तै खेलको ४३औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे।

साउदीले पहिलो हाफमा पाएका केही राम्रो मौकालाई सदुपयोग गर्न सकेन। पहिलो हाफमा रसियाले ५ वटा पोल एटम गरेको थियो भने साउदीले ४ वटा प्रहार पोष्टमा गरेको थियो।

यस्तै साउदीले प्रहार गरेको तीन वटा प्रहारलाई रसियाली गोल रक्षकले उत्कृष्ट बचाउ गरेका थिए। उता रसियाका २ प्रहार साउदी रक्षकले बचाएका थिए। पहिलो हाफमा ३ वटा कर्नर रसियाले पाएको थियो भनेर २ वटा कर्नर साउदीले पाएको थियो।एजेन्सी

मस्कोमा भएको खेलमा रसियाले घरेली दर्शकलाई साउदीमाथी ५ गोल गर्दै जित उपहार प्रदान गरेको छ। विश्वकपको पहिलो खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध रसियाले पहिलो गोल गर्यो। रसियाका लागि युरी ग्याजिन्सकीले पहिलो गोल गरेका हुन्।

पहिलो हाफमा २ गोलको अग्रता लिएर दोस्रो हाफमा मैदान उत्रेको रसियाले ७१ औं मिनेटमा तेस्रो गोल गर्‍यो। रसियाका लागि तेस्रो गोल सब्सिटियूटमा मैदान उत्रेका आर्तेम दर्बुजाले हेड मार्फत  गरे।  उनले एलेकसानद्रको पासलाई क्रसबाट गोलमा परिणत गरेका थिए।

उनी ७० औं मिनेटमा फेदोर सेमोलोभको सट्टामा मैदान छिरेका थिए।  यस्तै ९० मिनेटपछि थपिएको ३ मिनेट समयको पहिलो मिनेटमा साउदीका फहाद अल मुलादले फल गरेपछि रशियाका देनिश चेरोसेभले डिबक्सको दाँयाबाट गोलमा परिणत गरे, उनलाई गोलका लागि ७१ औं मिनेटमा गोल गरेका आर्तेमले हेडमार्फत पास दिएका थिए।

थप समयको अन्तिम मिनेटमा साउदीका तेसिल अल जासमले फल गरेपछि रशियाले पाएको फ्रिक्किको सदुपयोग गर्दै एलेकसान्दरले रसियाका लागि ५ औं गोल गरे।

खेलको ८८ औं मिनेटमा रसियाका एलेकसान्दर गोलोभीनले फल गरेपछि यस विश्वकपको पहिलो पहेलो कार्ड खाए। जीतसँगै रशियाले आफ्नो समूहमा महत्वपूर्ण ३ अंक बटुलेको छ।



प्रतिक्रिया दिनुहोस्