काठमाडौँ, २ असार । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइरहेका छन् ।
शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।
काठमाडौँको घण्टाघरमा रहेको काश्मिरी मस्जिदमा बिहानै इद मनाउन बच्चादेखि युवा तथा बुढापाका मुसलमान भेला भएका थिए । उनीहरुले एकअर्कासँग अंकमाल गरेर शुभकामना आदान प्रदान गरे ।
तस्विर : मुकुन्द कालिकोटे