Logo

बौद्ध स्तुपाको काखमा योगाभ्यास सूरु–फोटो फिचर



काठमाडौं ४ आषाढ । विश्व योग दिवसको पूर्वसन्ध्यामा आर्ट अफ लिभिङ नेपालले बौद्ध स्तुपाको काखमा योगाध्यासको आयोजना गरेको छ । श्री रवी शंकर जीले स्थापना गरेका आर्ट अफ लिभिङ नेपालले विश्वका १५५ देशमा एकै समय योगाभ्यासको आयोजना गरेको थियो ।

यस संस्थाले जुन २१ सम्म विश्व सम्पदा सूचीमा रहेको विभिन्न पठमन्दिर, साँस्कृति सम्पदालाई लक्षित गरी विश्व योग दिवसको सन्देश दिन लागिएको महासचिव तुलसीप्रसाद उप्रेतीले जानकारी दिए ।

भारत सरकार र स्वामी रवी शंकरको अगुवाईमा संयुक्त राष्ट्र संघलाई पहल गरेअनुसार जुन २१ लाई विश्व योग दिवस मनाईदै आईएको छ ।
कार्यक्रममा बौद्ध स्तुपा दर्शन गर्न आउनेहरु र मोर्निङ वाक गर्न आउनेहरु पनि योगाभ्यासमा सहभागी भएका थिए । योगाभ्यास कार्यक्रम पुनम उपे्रती, लिला लामिछाने र आस्था पुडासैनीको अगुवाईमा सम्पन्न भएको थियो ।

तस्बिर–मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्