Logo

ठाकुरले भने – एउटा राजनीतिक दल सरकारमा नजाने भन्ने त हुँदैन



काठमाडौं ५ असार । राष्ट्रिय जनता पार्टी राजपा भित्र सरकारमा सहभागी हुने, नहुनेबारे छलफल सुरु भएको छ ।

राजपाको सोमबार सुरु राजनीतिक सहमिति बैठकमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुृर र सदस्य राजेन्द्र महतोले यसबारे प्रष्ट धारणा दिन सदस्यहरुलाई आग्रह गरेका छन् ।

सरकारले हामीलाई सामेल हनु बारम्बार भनिरहेको छ, ठाकुरले भने, एउटा राजनीतिक दल सरकारमा नजाने भन्ने त हुँदैन तर गएदेखि किन र के सर्तमा जाने भन्ने प्रश्न उठ्छ ।

त्यसैले यसबारे साथीहरुको धारणा बाहिर आओस् ।

त्यसलगत्तै महतोले संविधान संशोधनका विषयमा सरकारको धारणा थुनामा परेका कार्यकर्ताको मुद्धा फिर्ता र सांसद रेशम चौधरीको शपथग्रहण गराउनुपर्ने माग पुरा नभएसम्म सरकारमा जान नहुने धारणा राखे ।

कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्