Logo

कांग्रेस जिल्ला सभापतिको भेला : मेरा रगत कसैका लागि जीवनदान



असार ५, काठमाण्डौ । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला मंगलबारबाट हेटौंडामा सुरु हुँदैछ । पार्टीको विधान संशोधन, आगामी महाधिवेशन, संगठन निर्माण र वर्तमान राजनीतिक विषयमा भेलामा छलफल हुने छ ।

बुधबारबाट बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा जिल्ला सभापतिहरुले समसामयीक विषयमा धारणा राख्दै आफ्नो जिल्लाको रिपोर्टिङ पनि गर्नेछन् ।

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नराम्रो पराजय भोगेपछि कांग्रेसमा आन्तरिक कलह चुलिएको छ । देउवा समूहविरुद्ध पौडेल र सिटौलापक्ष एकजुट भएका छन् । उनीहरु जिल्ला सभापति भेलामा पनि एकजुट भएर प्रस्तुत हुने तयारीमा छन् ।

मकवानपुर कांग्रेसका सभापति तथा प्रदेश नम्बर तीनका विपक्षी दलको नेता इन्द्र बानियाँले मेरा रगत कसैका लागि जीवनदान भन्ने नारासहित विहान सात बजे भेला सुरु भएको जानकारी दिए ।

ऋषि धमलासँग कुरा गर्दै बानियाँले जिल्ला सभापतिहरुको भेलाले कांग्रेसलाई संविधानबमोजिम विधान संशोधन गर्नका लागि सुझाब दिने बताए ।

चुनावमा भएको पराजयभित्रको कमी कमजोरी खोजेर समाधानको बाटो पत्ता लगाउने लक्ष्य रहेको उनले बताए ।

“भावी रणनीतिलाई बलियो बनाएर, कांग्रेसभित्रका गुट उपगुटलाई एकजुट बनाएर नयाँ सोचका साथ अगाडि बढ्नका लागि हेटौँडाबाट सन्देश प्रवाह हुनेछ ।” बानियाँले भने ।

चुनावमा भोगेको पराजयको सम्पूर्ण जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्छ भन्ने तर्कको खण्डन गर्दै बानियाँले विधानअनुसार सामुहिक रुपमा जिम्मेवारी लिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्