विशेष प्रतिनिधि ऋषि धमला : बेईजिङ, ६ असार । चीनको ६ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणको दोस्रो दिन आज चीनीयाँ राष्ट्रपति सि जिनपिङसँग महत्वपूर्ण भेटवार्ता गरेका छन् ।
चीनको ग्रेट हल अफ पिपुल्समा आज भएको भेटवार्तामा दुई नेताहरुबीच खुलेर कुराकानी भएको जनाईएको छ। राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न र नेपालको विकासमा साझेदार बन्न आफु तयार रहेको बताएका थिए ।
त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई पुनः आगामी पाँच वर्षको लागि निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका थिए ।
उनले नेपालले नयाँ संविधान पाएको र निर्वाचनमार्फत नयाँ समाजिक व्यवस्था अवलम्बन गरेर स्थायित्वतिर अघि बढेकोमा समेत खुशी प्रकट गरे ।
राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन आएका हुन् ।
प्रधानमन्त्री ओली आज बुधबार बिहानैदेखि महत्वपूर्ण कार्यक्रम र भेटावार्तामा व्यस्त छन् । आजै ओलीले नेपाल चाइना विजनेश फोरमलाई सम्बोधन गरेका थिए ।
सम्बन्धित समाचारहरु :
प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच के–के कुराकानी भयो ?
चीनीयाँ राष्ट्रपतिले ओलीलाई किन आभार प्रकट गरे ?
चीनीयाँ राष्ट्रपतिद्धारा एक चीन नीतिमा नेपालको खुलेर प्रशंसा
नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री ओली
मुलुकको स्रोत, साधन र छिमेकीको साथ नै देश विकासको आधार : ओली
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भ्रमण दलका १४ सदस्यहरुको यस्तो छ प्रतिक्रिया (कसले के भने)
त्यस्तै उनी दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा सहभागी भएका थिए ।
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी छन् ।