असार ९, काठमाण्डौ । जटिल भौगोलिक स्वरूप भएको नेपालजस्तो मुलुकमा सवारी चलाउने काम निकै जोखिमपूर्ण मानिन्छ । तर लाखौँ युवाहरु नेपालमै सवारी साधन चलाएर रोजगार बनेका छन् । आम्दानीका हिसाबले मध्यमस्तरको पेशा मानिने चालक पेशा भरपर्दो भने बन्न सकेको छैन ।
नेपालको कानूनले एउटा चालकलाई २५० किलोमिटर वा ६ घन्टाभन्दा बढि समय गाडी चलाउन रोक लगाएको छ । तर लामो दुरीमासमेत दिनभरी एउटै चालकले बस चलाउने गरेका छन् । ट्राफिक नियम, बाटोको अवस्था र गाडीको कन्डिसनतर्फ एउटै मात्र ध्यान केन्द्रित भई सवारी चलाउनुपर्ने भएकाले सडक दुर्घटना बढ्ने गरेको छ ।
ट्याक्सीभित्रै महिलाद्वारा ड्राइभरमाथि बलात्कार
नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको ट्रकमा ढुंगा खस्यो, चालकको मृत्यु
पर्यटक बसका चालक नै मापसे गरेर सवारी चलाउँछन्
तर पनि स्वदेशमै रोजगार बनेर घर परिवार पाल्छु भन्नेहरुले यही पेशा अपनाइरहेका छन् । छोटो तथा लामो दुरीको बस, माइक्रो, मालबाहक ट्रक, ट्याक्सी जस्ता सवारी सधान चलाउने चालकहरु यही पेशाबाट सन्ुतष्ट हुने प्रयास गरिरहेका छन् ।
चालकहरुले रातदिन सवारी साधन चलाएर कमाएको पैसाले घर परिवारको गर्जो टरेको कतिपयको भनाई छ । जेनतेन परिवार पालेर चालक पेशामा आवद्ध भए पनि सास्ती र समस्या भने धेरै छन् । यात्रुको चित्त बुझाउनुपर्ने चुनौति एकातिर छ भने अरुकै गाडी चलाएको खण्डमा साहुलाई पनि खुशी पार्नुपर्ने हुन्छ ।
अझ सवारी साधन दुर्घटनामा पर्यो भने त्यसको सबै दोष चालकलाई जाने गर्छ । यस्ता विभिन्न समस्याकाबिच पनि काम गरिरहेका कतिपय चालकहरुले भने आफ्नो कमाईले खान लाउन नै मुस्किल हुने गरेको बताउने गरेका छन् ।
चालकका कारणले हुने दुर्घटना कम गर्न यो पेशालाई सम्मानित बनाउन जरुरी छ । चालक पेशा गर्नेहरु शारिरिक मात्र हैन मानसिक हिसाबले पनि असाध्यै स्वस्थ हुनुपर्छ । चालकको एकाग्रता केहि सेकेण्ड भंग भयो भने ठूलो दुर्घटना हुन्छ । तर नेपालमा चालक हुन औपचारिक शिक्षाको आवाश्यकता छैन । अब यो पेशालाई पनि व्यवस्थित बनाउँदा यात्रुको यात्रा सुरक्षित बनाउनका लागि नीतिगत सुधार गर्नुपर्ने देखिन्छ ।