काठमाडौँ, ११ असार : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसभित्र राजनीतिक शुद्धीकरणको खाँचो रहेको बताएका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेसमा निर्वा्चित पदाधिकारी तथा सदस्यलाई सम्मान गर्न गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेता सिंहले भने,“हामीले कसैको व्यक्तिगत आलोचना गरको होइन, पार्टी नेतृत्वको कार्यनीतिको आलोचना गरेको हो, आलोचना गर्न नपाउने भनेको होइन, त्यही आलोचनाले पार्टी नेतृत्वलाई सच्चिएर आगाडि बढ्न सहयोग मिल्छ ।”
नेता सिंहले काँग्रेस श्रमिकको पार्टी भएकाले श्रमिकलाई सम्मान गर्ने बताउँदै पार्टीले श्रमिकलाई उचित संरक्षण गर्न नसकेको गुणासो गरे ।
गिरिजाबाबु छँदा स्थापना भएको प्रतिष्ठानलाई पार्टीले सहयोग गर्नुपर्ने धारणा पनि नेता सिंहले व्यक्त गरे ।